जनता विरुद्ध काम गर्नको फाइल खडा भइसक्यो : नेकपा नेता पौडेल


अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची र गुल्मीले केन्द्रीय समितिको घोषित कार्यक्रम अनुसार मालारानी गाउँपालिका – २ स्थित डाँडाकटेरीमा सङ्गठन सृढृण तथा विस्तार अभियानलाई तीव्रताका साथ अगाडि बढाएको छ ।

कार्यक्रममा मन्तब्य राख्र्दै केन्द्रीय सदस्य सन्देश पौडेलले जनताको सपनालाई अधुरो राखी भ्रष्टाचार तस्कर गरी चिल्ला गाडीमा चढ्नेको फाइल खडा गरी जनताको बीचबाट कारबाही गरिने बताएका छन् । अभियानमा भेटघाट तथा अन्तरक्रिया बालपेन्टिङ्ग गर्दा क्रान्ति प्रति जनतामा आसा पलाएको नेपाल कम्युनिस्ट पार्टीका मालारानी गाँउपालिका इन्चार्ज बालकृष्ण भलामीले बताएका छन् ।

अभियानमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज कमल केसी गुल्मीका जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खेम खड्का जनसरकार प्रमुख प्रशान्त बराल, लुम्बिनी ब्युरो सदस्य सुनिल चौधरी, सामनालगायत अन्य जिल्ला स्तरीय नेतामा अभियानमा सहभागिता रहेकोे थियो । अभियान दुई महिना चल्ने र अभियानमो सयुक्त केन्द्रीय सदस्य सन्देशले माघ ३ गते उदघाटन गरेका थिए ।
२०७५ माघ ६ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :