चितवनमा स्वास्थ्य शिविर सम्पन्न

चितवन : पूर्वी चितवनको राप्ती नपा १० स्थित समीटारमा अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ चितवनको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रबार भएको सो शिविरमा ३२० जना विरामीहरुले स्वास्थ्य उपचार पाएका छन् । डा. अशोक चापागाईं, डा.अविता भट्टराई, डा. कृष्ण भुसाललगायत डाक्टरहरु र रेस्मा पुरी, मदन विसीलगायत स्वास्थ्यकर्मीहरुको टोलीले सो सेवा प्रदान गरेको हो ।  विरामीहरुमा ७० प्रत्ति महिला सहभागी थिए । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घकी केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज अम्बिका पाठकको सक्रियता, जिल्ला अध्यक्ष भीम तामाङ र भरत न्यौपाने सहयोगमा भएको सो स्वास्थ्य शिविरमा नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसी र जिल्ला सेक्रेटरी ध्रुवको पनि सहभागिताहरुको टोलीलाई दोसल्ला ओढाएर सम्मान गर्दै कार्यक्रमको अन्तमा मायाको चिनो प्रदान गरिएको थियो । नेकपाको संगठन सुढृढीकरण तथा विस्तार अभियान चलिरहेको समयमा यो स्वास्थ्यशिविर सम्पन्न भएको हो ।

२०७५ असोज १३ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :