चितवनमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ चितवनको आयोजनामा चितवन जिल्ला कोराक यौरालीटार स्थित चेपाङ्ग बस्तीमा सञ्चालित एक दिने निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको उक्त कार्यक्रममा बालबालिका देखि बृदासम्म सहभागि भएका थिए । सो कार्यक्रममा नागरिकहरुको उत्साहजनक सहभागिता भएको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घकी केन्द्रीय सदस्य अम्बिका पाठकले बताएकी छिन् ।

उनीले उक्त आ–आफ्नो जिम्मेवारीबाट सहयोग गर्नु हुने डाक्टरलगायत सम्पुर्ण टोलीलाई महासङ्घ र नेकपाका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई धन्यवाद दिएकी छिन् ।
२०७५ जेठ २६ गते  शनिबार मध्यान्न १२ : १३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :