चट्याङ र करेन्टबाट २ को मृत्यु

काठमाडौं : ओखलढुंगा, सिद्धिचरण नपा–१०, स्थित बेतिनीमा शुक्रबार साँझ चट्याङ र करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । करेन्ट लागेर ३५ वर्षीय ढककुमारी धमलाको मृत्यु भएकोे छ । घाँस काटेर घर फर्किने क्रममा लघु जलविद्युत अयोजनाको तार चुडिएर भुईमा झरेकाले पानी परेको अवस्थामा धमलालाई करेन्ट लागेको हो । त्यस्तै बिहीबार साँझ पानीसँगै परेको चट्याङ लागेर मोलुङ गापा–७ पात्लेकी अन्दाजी ६३ वर्षीय फुर्वा शेर्पाको मृत्यु भएको छ । उनलाई आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टीका कार्कीले जानकारी दिए ।

२०७४ भदौ १० गते ९ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :