क्रान्तिकारी ट्रेड युनियन महासङ्घको अभियान तीव्र

काठमाडौँ   : अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ, काठमाडौँको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले अर्जुन लामिछानेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । त्यसैगरी अखिल नेपाल क्रान्तिकारी सिलाइ मजदुर सङ्गठनअन्तर्गत रहेको टिपटप वेयर बागबजार एकाइ समितिमा मजदुरका माग वार्ताद्वारा समाधान गरिएको सङ्गठनले जनाएको छ ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले काठमाडौँ र ललितपुर जिल्ला महासङ्घको बैठक पनि सम्पन्न गरेको छ । महासङ्घको चारमहिने अभियानअन्तर्गत मध्यकमान्डमा रहेका नुवाकोट, रसुवा र चितवनका मजदुरको जिल्ला सङ्गठन समिति गठन र पुनर्गठन गरिएको महासङ्घले जनाएको छ ।

२०७५ मङ्सिर २८ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :