क्रान्तिकारीले लगायो पशुपतिमा ताला


काठमाडौँ : नेकपा निकट अखिल (क्रान्तिकारी) पशुपति क्याम्पस समितिले क्याम्पस प्रशासनले आफ्ना माग पूरा नगरेको भन्दै क्याम्पस प्रमुख र उपप्रमुखको कार्यकक्षमा ताला लगाएको छ । क्रान्तिकारीले गत पुस १२ गते क्याम्पस प्रशासनसमक्ष विद्यार्थीको परिचयपत्र डिजिटल हुनुपर्ने, लामो समयदेखि रोकिएको छात्रवृत्ति निष्पक्ष ढङ्गले वितरण गर्नुपर्ने, स्ववियु तथा क्याम्पसको आयव्यय तत्काल सार्वजनिक गर्नुपर्ने, क्याम्पसमा राजनीतिक भागबन्डा बन्द गर्नुपर्ने, विद्यार्थी बडापत्र टाँस्नुपर्नेलगायत १४ बँुदे मागपत्र पेस गरेको थियो । क्याम्पस प्रशासनले सङ्गठनका माग बेवास्ता गरेकाले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको एकाइ समितिले जनाएको छ ।

मागपत्र……

क्याम्पस समितिका अध्यक्ष खगेन्द्र राईले पुस १२ गते पेस गरिएका माग पूरा नगरिएपछि क्याम्पस प्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गर्नुपरेको बताए । उनले क्याम्पस प्रशासन नै विद्यार्थीको हकविपरीत काम गरेको, क्याम्पसमा अराजकता फैलाउन सहयोग गरेको, निश्चित पार्टीको आडमा आर्थिक हिनामिना गरेको भन्दै तालाबन्दी गर्न बाध्य भएको पनि बताए । विज्ञिप्तकाे पूर्णपाठ..

 

 

२०७५ फागुन ९ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :