अमेरिकी साम्राज्यवादको हस्तक्षेपको भत्र्सना : कञ्चन

काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टीले भेनेजुएलामाथि अमेरिकी साम्राज्यवादको हस्तक्षेपको भत्र्सना गरेको छ । २३ जनवरी २०१९ मा भेनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलस मदुरोका विरुद्ध अमेरिकी जासुसी संस्था सीआईए समर्थित जुवान गाईदोले आफैलाई राष्ट्रपति घोषणा गरेपछि त्यसको विरोध र भत्र्सना गरिएको नेपाल कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोला “कञ्चन”ले विज्ञप्ती निकालेका छन् । उनको वक्तव्यमा भनिएको छ “गत सुक्रबार, २३ जनवरी २०१९मा भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोका बिरुद्ध अमेरीकी जासुस संस्था सीआईए समर्थित जुवान गाईदोले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरे । बामपन्थी देखिने सरकार र समाजबादको शुशुप्त गन्ध आउने राजनैतिक ब्यबस्था, बृहत जनसमुदायको हितमा हुने कुनै पनि सरकारको पहल र एकाधिकारबादी निगम पूजीका बिरुद्ध हुने जनमतलाई किञ्चीत सहन नसक्ने संयुक्त राज्य अमेरीकी निगमपूजीका बिश्वठेकेदारहरुको प्रतिनिधित्व गर्ने साम्राज्यबादी सरकारले भेनेजुएलाको बामपन्थी सुधारबादी सरकारलाई सहीरहेको थिएन । बिगत लामो समयदेखि सुधारबादी सरकारबाट हुन सक्ने भेनेजुएलाको अर्थतन्त्रमा सुधारको प्रयत्न, राष्ट्रिय पूजीको बिकाश गर्ने सरकारी नीति, देशका खनिजहरु ः तेलखानी र कृषि उत्पादनलाई बृहत भेनेजुएली जनताको हितमा प्रयोेग गर्ने भेनेजुएलाका पूर्ब राष्ट्रपति ≈युगो चाभेज र उनको जीबन प्रयन्त राष्ट्रपति बनेका निकालास मादुरो बिरुद्ध अमेरीकी सम्राज्यबादले बारम्बार आक्रमण गर्दै आईरहेको थियो । भेनेजुएलामाथि अमेरीकी सम्राज्यबाद समर्थित एकाधिकारबादी पूजीबादीहरुको प्रयोग गर्दै पछिल्लो चरणमा अमेरीकी साम्राज्यबादी कठपुतलीको रुपमा खडा गरीएका जुवान गाईदो अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा स्वघोािषत अन्तरीम राष्ट्रपतिको घोषणा गर्न पुगेका छन् । हाम्रो पार्टी कुनै पनि देशको सार्बभौमिकता, जनताको स्वाधिनता र आन्तरिक मामिला माथि हस्तक्षप गर्ने अमेरीकी साम्राज्यबादी नीतिको भत्सर्ना गर्दछ र यस प्रकारको हस्तक्षप कुनै पनि देशले कुनै पनि देशमाथि गर्ने नितिको बिरोध गर्दछ ।”

विज्ञप्तीमा भनिएको छ “हामी यो पनि स्पष्ट गर्न चाहन्छौ कि देशको अर्थतन्त्रमा जरा गरेको एकाधिकारबादी निगम पूजीबादका सम्पूर्ण जराहरु समाप्त पार्ने र उत्पादनका साधनहरु पूर्ण रुपले जनताको अधिनस्त हुने उत्पादन सम्बन्धको स्थापना नगरीकन सुधारबादी प्रक्रियाले कुनै पनि बामपन्थी सरकार साम्राज्यबादी एकाधिकारबादी निगम पूजीबादको सिकार हुनबाट बच्न सक्दैन र आमुल परिबर्तन बिनाको सुधारबादी अर्थ ब्यबस्थाबाट जनताको जीबनस्तरमा परिबर्तन आउन सक्दैन । यो तथ्य भेनेजुएलाको “बामपन्थी” सरकार माथि बारम्बार भएको अमेरीकी आक्रमण र जननिर्बाचित सरकार र भेनेजुएलाको बृहत बहुमतले अनुमोदन गरेको “समाजबादी ब्यबस्थाका” बिरुद्ध भएको पुँजीवादी साम्राज्यबाद समर्थित बिद्रोहबाट प्रष्ट भएको छ ।”

वक्तव्यको अन्तमा भनिएको छ “अन्तमा हामी यौटा सार्बभौम राष्ट्रका बिरुद्ध प्रत्यक्ष हस्तक्षप गर्ने अमेरीकी साम्राज्यबादी नीति र यसप्रकारको हस्तक्षप गर्ने कुनै पनि सरकारको कुनै पनि देशहरुमाथि हुने हस्तक्षपकारी नीतिको घोर बिरोध र भत्सर्ना गछौ । अमेरीकी साम्राज्यबादका बिरुद्ध न्यायपूर्ण संघर्ष र बैज्ञानिक समाजबाद प्राप्तीकालागि डटीरहने न्यायप्रेमी भेनेजुयली जनतासंग हाम्रो पार्टीको नैतिक समर्थन र साथ रहने कुरा पनि स्पष्ट गर्न चाहन्छौ ।” विज्ञप्तिको पूर्णपाठ…..

२०७५ माघ १२ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :