अखिल (क्रान्तिकारी) सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कडा चेतावनी

काठमाडौँ : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्यमपसले शुक्रबार पुरानो करारको वैधानिक रुपमा अगाडि बढेको र मौखिक मात्रै बाकी रहेका कर्मचारीहरुको नियुक्ति पनि अवैधानिक रुपमा मौखिक नगरी नियुक्ति बाडेको र अन्य विभागमा पनि करारमा अवैधानिक नियुक्तिहरु घरमै गई वितरण गरेको अखिल (क्रान्तिकारी) सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समिति महेन्द्रनगरले आपत्ति जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समितिका इन्चार्ज विरेन्द्र शाह र संयोजक भरत विकले मङ्सिर २८ गते संयुक्त प्रेस विज्ञप्ति जारी गरेर यस्तो आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सुदुरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा विगत केही दिनयता क्याम्पस प्रमुख भुपेन्द्र विष्टले अवैधानिक नियुक्तीहरु घरमै पु¥याइदिने घृणित काम गर्दै आएका छन् । कार्यकक्षमा तालाबन्दी हुदाहुदै त्यसको निकास खोज्ने छोडेर आवश्यकता पनि नभएका ६ जना अर्थशास्त्रका सह–प्राध्यापकहरु नियुक्ति दिएका छ्न । त्यसपछि शुक्रबार पुरानो करारको वैधानिक रुपमा अगाडि बढेको र मौखिक मात्रै बाँकी रहेको कर्मचारीहरुको नियुक्ति पनि अवैधानिक रुपमा मौखिक नगरी नियुक्ति बाडेका छन् र साथै त्यो सँग अन्य विभागमा पनि करारमा अवैधानिक नियुक्तिहरु घरमै गई वितरण गरेका छन् । यस्तो तुच्छ र घृणित कार्यको जति निन्दा गरेपनी कम हुनजान्छ र सम्पूर्ण विभागीय प्रमुखहरूलाई अवैधानिक कर्मचारीहरु र हाल नियुक्ति पाएका सह–प्राध्यापकहरुलाई हाजिर लगाउन नदिन र त्यो नियुक्ति पत्र नबुझ्न अनुरोध गर्दछौँ । सम्पुर्ण अवैधानिक नियुक्ति तत्काल खारेजीका लागि जोडदार माग गर्दछौँ । अन्यथा हाम्रो सङ्गठन क्याम्पस प्रमुखको राजिनामा र सधैँका लागि विश्वविद्यालयमा प्रवेश निषेध गरि थप जनकारबाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी यसै प्रेस विज्ञप्ति मार्फत् जानकारी गराउदछौँ ।’

२०७५ मङ्सिर २९ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :