अखिल (क्रान्तिकारी) ले गर्‍यो कान्तिपुर डेन्टल कलेजमा तालाबन्दी

काठमाडौँ : अखिल (क्रान्तिकारी) ले कान्तिपुर डेन्टल कलेजमा तालाबन्दी गरेको छ । काठमाडौँ विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त उक्त कलेजमा क्रान्तिकारीले तालाबन्दी गरेको हो ।

अखिल (क्रान्तिकारी) ले कलेजमा अध्ययनरत पेइङ र छात्रवृत्तिका विद्यार्थीसँग नियमविपरीत शुल्क लिएको, प्रत्येक परीक्षाअगाडि विद्यार्थीलाई शुल्कका नाममा चरम यातना दिएको, चिकित्सा शिक्षालाई नित्तान्त व्यापारको विषय बनाएको, जनताको पहुँचभन्दा बाहिर मेडिकल शिक्षा भएको, मेडिकल शिक्षा व्यापारीकरण र माफियाकरणतर्फ उद्यत भएको भन्दै कलेजमा तालाबन्दी गरेको जानकारी अखिल (क्रान्तिकारी) का महासचिव प्रकाश शाहीले रातो खबरलाई दिएका छन् ।

 २०७५ माघ २ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :