अखिल (क्रान्तिकारी) बर्दियाको चेतावनी

बर्दिया : बर्दिया क्षेत्र नं. ४ राजापुरमा अवस्थीत अमर सहिद श्री दशरथ चन्द मा.वि.को प्राङ्गणमा उद्योग वाणिज्य सङ्घ राजापुरको आयोजनामा पुस २७ गतेदेखि माघ ६ गतेसम्म हुन गइरहेको माघि महोत्सपप्रति अखिल (क्रान्तिकारी) बर्दियाले विरोध गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) बर्दियाका अध्यक्ष लोकेशराज जोशीले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै उक्त आयोजनाको विरोध गरेका हुन् ।

उनले अमर सहिद श्री दशरथ चन्द मा.वि.को प्राङ्गणमा पठनपाठन नै बन्द हुने गरी कार्यक्रमको आयोजना गर्न लागेको भन्दै आपत्ति जनाएका छन् ।

अध्यक्ष जोशीले विद्यालय जस्तो शान्तिपूर्ण क्षेत्रमा विद्यार्थीको उज्वल भविश्यमाथि खेलवाड हुने गरी तय गरिएको उक्त महोत्सवको अविलम्ब स्थान परिवर्तन गर्न सम्बन्धित पक्षसँग माग पनि गरेका छन् ।

आफ्नो मागलाई बेवास्ता गरे कडा संघर्ष गर्ने चेतावनी पनि विज्ञप्ति मार्फत दिइएको छ ।

२०७५ पुस २४ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :