अखिल (क्रान्तिकारी) झापाको प्रशिक्षण कार्यक्रम

झापा : अखिल (क्रान्तिकारी) जिल्ला समिति झापाले कम्युनिस्ट विद्यार्थी प्रशिक्षण कार्यक्रम जिल्लाको कन्काई क्याम्पसमा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का महासचिव प्रकाश शाहिले प्रशिक्षण दिएका थिए । त्यसैगरी विशेष अथितीकोरुपमा झापा जिल्ला इन्चार्ज सौगात आचार्य, अखिल (क्रान्तिकारी)का कोषाध्यक्ष नरेन्द्र विक, झापा जिल्ला सेक्रेटरी सुमनसिंह पौडेल, केन्द्रीय सदस्य तथा मेची ब्युरो संयोजक गणेश कार्की, पुर्व विद्यार्थी नेता तथा बिर्तामोड नगर सेक्रेटरी प्रबिनलगायत उपस्थित थिए । कार्यक्रममा झापा जिल्लाका विभिन्न क्याम्पसहरुबाट ५० भन्दा बढि प्रशिक्षार्थीहरु सहभागी दिए । कार्यक्रममा बोल्दै प्रमुख अथिती महासचिव शाहिले देशमा क्रान्ति आवश्यक भएकोले त्यसका लागि सम्पुर्ण विद्यार्थी एकजुट भई अधि बढ्नुपर्ने बताए । शिक्षा क्षेत्रमा भइरहेको चर्को शुल्क, मुल्य वृद्धि लगायतका विषयमा आवाज उठाउन सबै विद्यार्थीलाई निर्देशन दिए । प्रशिक्षण कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य तथा झापा जिल्ला अध्यक्ष सन्जय राइले गरेका थिए । प्रशिक्षण अभियान विभिन्न जिल्लाहरूमा निरन्तर हुने अखिल (क्रान्तिकारी)का मेची ब्यूरो इन्चार्ज गणेश कार्कीले बताए ।

२०७५ पुस १ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :