अखिल (क्रान्तिकारी) कैलालीको अध्यक्षमा सिंह

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय सङ्गठन अखिल (क्रान्तिकारी) कैलालीको २० औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार जिल्लाको टिकापुरमा भएको सम्मेलनले बबरजङ्ग सिंहको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा उपाध्यक्ष पदम काफ्ले,सचिव सुवास जोशी, सहसचिव महेश पातली, कोषाध्यक्ष लोकेश जोशीलगायत ३५ जना रहेका छन् । उक्त कार्यक्रमको प्रमुख अतिथि सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाललगायत उपस्थिति रहेको थियो ।नवनिर्वाचित कार्यसमितिलाई अध्यक्ष ढकालले बधाई ज्ञापन गरेका थिए । उक्त कार्यक्रममा सयौँ विद्यार्थी उत्साहजनक सहभागी भएका थिए । सम्मेलनको उद्घाटन हुनुभन्दा पहिले विद्यार्थीले कैलाली बजार परिक्रमा गरेका थिए । तत्कालीन नेकपा (एमाले) निकट कैलालीका युवा सङ्गका सचिव प्रकाश खड्का नेकपा प्रवेश गरेका छन् ।
२०७५ असार ३१ गते दिउँसो २ : १६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :